
काठमाडौँ – अनशन बसेको १४ औँ दिनमा डा. गोविन्द केसीले सांसदलाई भिडियो सन्देश पठाएका छन् ।
अस्पतालको शैयाबाट भिडियो सन्देश पठाउँदै डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै चिकित्शा शिक्षा विधेयक अगाडि बढाउन सांसदहरुले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।
नमस्ते माननियज्युहरु!
१६ औ सत्याग्रहको १४ औ दिन डा गोबिन्द केसी भन्नुहुन्छ: pic.twitter.com/3OM6CvTYf3— Abhishek Raj Singh (@seeuabhishek) January 22, 2019
उनले चिकित्शा शिक्षा विधेयकमा जनतामुखी र विद्यार्थीमुखी ऐनका बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु थपिएकोले त्यस्ता बुँदाहरु हटाउन सांसदहरुले भूमिका खेल्नेमा आफू आशावादी रहेको पनि बताएका छन् ।
डा. केसी अनशन बसेकै बेला सत्ता पक्षले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमार्फत उक्त विधेयक जसरी पनि पारित गर्ने तयारी गरेको छ ।