
पोखरा-सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जा वालिङ नगरपालिका १३ गाहाँखोलास्थित भिर माथिबाट ढुंगा खसेर गुडिरहेको ट्रकमाथि बजारिदा चालकको ज्यान गएको छ।
वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग१क ३७७२ नम्बरको निजी मिनि ट्रकमा अचानक भिरबाट खसेको ढुंगा लाग्दा स्याङ्जा पुतलिबजार नगरपालिका ३ बस्ने २८ वर्षीय प्रेम शर्माको ज्यान गएको ४ नम्बर प्रदेश प्रहरीले जनाएको छ।
चालक शर्मा घाइते थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको भएपनि उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । ट्रकमा सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।