सहकारीले बचत र ऋणको ब्याज अन्तर ५ प्रतिशत भन्दा बढि राख्न नपाउने

सहकारीले बचत र ऋणको ब्याज अन्तर ५ प्रतिशत भन्दा बढि राख्न नपाउने
+
-

पोखरा – गण्डकी प्रदेशसभाले सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र वर, पिपल, चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ ।  भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले पेश गरेको प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार बसेको प्रदेशसभाले सर्वसम्मत पारित गरेको हो ।

भाद्र १८ गते प्रदेशसभामा दर्ता भएको सो विधेयक दफाबार छलफलका लागि विधायन समितिमा पठाएर प्रतिवेदन सहित गएको पुस २६ गतेको बैठकमा प्रदेशसभामा फिर्ता भएको थियो । विधेयक उपर प्रदेश सदस्यहरुको सामान्य छलफलपछि पारित गरिएको हो । छलफलमा प्रभा कोइराला, मेखलाल श्रेष्ठ, हरिशरण आचार्य, धनञ्जय दवाडी, विष्णुप्रसाद लामिछानेले सुझाव तथा जिज्ञासा राखेका थिए ।

छलफलमा सहभागी अधिकांशले विधेयक अनूरुप प्रदेश सरकारले कार्यान्वयन गर्न सकेमा प्रदेशको अर्थतन्त्रमा सहकारीबाट सिर्जित पूँजीले दरिलो साथ दिने बताए । अहिलेका सहकारी पुराना साहुमहाजन जस्ता भएकाले बचतकर्ताले गरेको निक्षेप र कर्जा प्रवाहमा ब्याजको ठूलो अन्तर भएको तर्फ सरकारले कडिकडाउ गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा मन्त्री मगरले संविधानले मुलभूत रुपमा अंगिकार गरेको समाजवादी अर्थतन्त्र अनुरुप विधेयक ल्याइएको स्पष्ट पारे ।

पारित विधेयकले प्रदेशमा दर्ता तथा सञ्चालनमा आएका ९ सय ३५ सहकारी संस्थालाई नियमन गर्नेछ । हालसम्म प्रदेश मन्त्रालयको तथ्यांक अनुसार ३ हजार ६ सय ८६ सहकारी संस्था दर्ता भएका छन् । दुई वा दुई भन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारीलाई मात्र प्रदेशले नियमन गर्ने भएको हो । विधेयकले संस्था दर्तादेखि खारेजीसम्मको अधिकार प्राप्त गरेको छ ।

उत्पादक, सेवामुखी, वित्तिय क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सहकारीलाई वर्गीकरण अनुसारको जिम्मेवारी विधेयकले प्रदान गर्ने भएको छ । एक सहकारी एक नमूना उत्पादन विधेयकले सिर्जना गरेको सहकारी क्षेत्रका लागि अर्को सुगम पाटो हो । सहकारीले कुनैपनि वस्तुको लगानी, उत्पादन र बिक्री गर्न पाउनेछन् । प्रत्येक सहकारीले लगानीयोग्य पुँजीको ३० प्रतिशत रकम उत्पादन क्षेत्रमा अनिवार्य लगाउनुपर्ने छ । धेरै पूँजी हुने सहकारीले ठूला आयोजना निर्माणमा समेत लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

नेपालको मिश्रित अर्थप्रणालीमा सहकारीको भूमिका अतुलनिय रहेको हुँदा विधेयकले सो पक्षलाई आत्मसात गर्दै छरिएर रहेको पूँजीलाई एकिकृत गर्न प्रयास गर्ने छ । सोही अनुरुप प्रदेशमा सहकारी बैंकको स्थापना विधेयकले बाटो खुला गरेको छ । सहकारीका बचतकर्ताले बचत गरेको निक्षेपको ब्याजदरमा ५ प्रतिशतभन्दा बढी अन्तर नहुने गरी कर्जा प्रवाह गर्न विधेयकले कडिकडाउ गर्ने भएको छ ।

जसले असमान मुद्रा परिचालनमा सन्तुलन कायम गर्ने विश्वास लिएको बताइएको छ । हाल गण्डकी प्रदेशमा मात्रै सहकारी क्षेत्रमा ६५ अर्ब भन्दा बढि रुपैयाँ लगानी रहेको प्रदेश मन्त्रालयको अनुमान छ । पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशसभामा पेस गरेको वर, पिपल र चौतारो संरक्षण तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयक, २०७५ सदस्यहरुको सामान्य छलफल पछि पारित भएको छ ।

छलफलमा मनकुमारी गुरुङ, राजीव पहारी लगायले सुझाव तथा धारणा राखेका थिए । विधेयक अनुसार प्रदेशमा भएका सबै वर, पिपल र चौतारोको लगत स्थानीय तहसँग समन्वय गरी प्रदेशले राखिने उल्लेख छ । धार्मिक, सांस्कृतिकसँग जोडिएको विषय भएकाले पनि विधेयकले वर, पिपल, चौतारोको संरक्षण गर्न कानुनी रुपमा सहयोग मिल्ने भएको छ । यदि कोही कसैले संरक्षित वनस्पति र संरचनाको नास गरेमा दण्ड गरिने समेत विधेयकमा व्यवस्था गरिएको छ ।

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ पेस गरेका छन् । प्रदेश सभाको आगामी बैठक माघ १४ गते डाकिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?