इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा टोटनह्याम साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलमा दुवै गोल टोटनह्यामका खेलाडीले गरे । १५ औँ मिनेटमा टोटनह्यामका डाविन्सन सान्चेजले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो । तर त्यसको तीन मिनेट (१९७ सेकेण्ड) पछि ह्यारी केनेले टोटनह्यामका लागि बराबरी गोल फर्काए ।
प्रिमियर लिगमा केनको यो समग्रमा ९९ औँ गोल हो । थप गोल गर्ने केही राम्रा मौका बनाए पनि गोल गर्न नसक्दा टोटनह्यामको लिगमा जित बिहीन यात्रा टुंगिन सकेन ।
माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम लिगका पछिल्ला ११ खेलमा जित बिहीन छ । बराबरीपछि पाँचौँ स्थानको टोटनह्यामको २४ खेलबाट ४५ अंक भएको छ । रेलिगेशन जोनमा रहेको साउथह्याम्पटनको २२ अंक छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































