स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगसहितका अरु प्रतियोगितामा राम्रो गरिरहेका छन् ।
तर ला लिगामा भने उनको प्रदर्शन अघिल्ला सिजनको भन्दा निकै कमजोर देखिँदै आएको थियो । तर आइतबार राति घरेलु मैदानमा भएको खेलमा डिप्रोटिभो डी ला कोरुनालाई ७–१ ले हराउने क्रममा दुई गोल गरेका रोनाल्डोले आफू अब ला लिगामा पनि लयमा फर्किएको शंकेत दिए ।
यो खेल अघि यो सिजन ला लिगाका १६ खेलमा चार गोल मात्रै गरेका रोनाल्डोले १७ औँ खेलमा ला लिगा गोलको संख्या ६ पुर्याए । तर यो खेलमा रोनाल्डोल गोल गरे पनि आँखाको छेउबाट रगत बनाउनु पर्यो ।
७८ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका रोनाल्डोले ८४ औँ मिनेटमा टिमका लागि छैटौँ तथा यो सिजन लिगमा आफ्नो पनि छैटौँ गोल गर्ने क्रममा रोनाल्डोले आँखाको छेउबााट रगत बनाउनु परेको हो ।
उनले हेडमार्फत गोल गर्न लागेका थिए । त्यसक्रममा बल नियन्त्रणमा लिने प्रयासमा रहेका डिप्रोटिभोका डिफेन्डर फाबिएन स्चरको बुटले रोनाल्डोको आँखाको छेउमा लाग्यो ।
गोल भइसकेपछि रोनाल्डोले मेडिकल ट्रिट्मेन्ट लिनु परेको थियो । उनले आफ्नो आँखाको कुनामा लागेको चोट कस्तो छ भनेर मेडिकल टिमका सदस्यको मोवाइलबाट हेरेका थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































