स्मृतिमा असाधारण लेखन क्षमताले युक्त शंकर

निबन्धहरुमा बाँचेका शंकर लामिछाने

निबन्धहरुमा बाँचेका शंकर लामिछाने
+
-

नेपाली साहित्यका विशिष्ट साधक शंकर लामिछानेको चर्चा अहिले कम छैन ।

उनको आलोचना भयो र चर्चा वा चर्चा भयो र आलोचना । उनी नेपाली साहित्यका त्यस्ता सर्जक हुन् जो अनन्तः कालसम्म जीवित रहने छन् । उनै शंकर लामिछानेको ४३ औँ स्मृति दिवस बिहीबार मनाईँदै छ ।

नेपाली साहित्यको निबन्ध विधालाई माथिल्लो उचाई दिन शंकर लामिछानेको भूमिका अतुलनीय छ। कथा, गीत र कवितामा पनि कलम चलाएका लामिछानेका निबन्धहरु निकै रुचाइएका छन् ।

उनका गौंथलीको गुँड (२०२५), बिम्ब प्रतिबिम्ब (२०२८), गोधूली संसार(२०२७), एब्स्ट्रयाक्ट चिन्तन प्याज र शङ्कर लामिछाने (२०३०) लगायतका निबन्ध संग्रह प्रकाशित छन् । उनले निबन्धसंग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याजका लागि मदन पुरस्कार समेत पाएका थिए ।

कवि भीम दर्शन रोका (बायाँ), शंकर लामिछाने (बिच) र कवि भूपि शेरचन (दायाँ)

लामिछानेले आफ्ना निबन्धमा जीवनका भोगाई र त्यसका विसंगतिहरुलाई प्रस्तुत गरेका छन् । उनका निबन्धमा उनले बाँचेको समय, परिवेश तथा गरेका संगतहरुको चित्र पाइन्छ । साहित्यकार प्रकाश सायमी शंकर लामिछानेलाई ‘क्यारिसम्याटिक’ निबन्धकार मान्छन् । सायमीले भने, ‘शंकर लामिछानेमा जीवन र जगतको अन्तर बोध भएको पाइन्छ र उनी चेतनाको प्रवाह लेखनमा व्याप्त भएको निबन्धकार हुन् ।’

लामिछानेका निबन्धहरु स्नेहले पढ्दै आएका साहित्य अध्ययता सरद प्रधानले लामिछानेमा साधारण विषयलाई असाधारण रुपमा प्रस्तुत गर्ने खुबी रहेको बताए ।

उनले भनेका छन्, ‘एक समय थियो शंकर लामिछानेका निबन्धहरु भुली बिर्सिइ सकेको अवस्था थियो । भावक अभियान तथा शंकर लामिछाने निबन्ध कोषको पहलमा उनका निबन्धहरु फेरि प्रकाशनमा आए । फेरि उनका निबन्धहरुको स्वाद अहिलेको पुस्ताले पनि लिन पायो ।’

प्रधान शंकर लामिछानेलाई पूज्य सर्जक मान्छन् ।

लामिछानेमाथि उनको जीवनकालमा लेख चोरी गरेको आरोप पनि लाग्यो । तर उनले त्यसबाट माथि उठेर नेपाली साहित्य जगतमा फरक स्वादका विशिष्ठ निबन्ध दिएर गएका छन् ।

लामिछानेको विसं २०३२ माघ १० गते निधन भएको थियो । उनले भौतिक रुपमा छोडेर गएको ४३ वर्ष पुगे पनि उनले जीवनकालमा लेखेका निबन्धहरुले अहिलेको समयलाई पनि उसै गरी चित्रित गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?