चौथो नगरसभामा आठ विधेयक प्रस्तुत हुँदै

चौथो नगरसभामा आठ विधेयक प्रस्तुत हुँदै
+
-

पोखरा-शुक्रबार हुने चौथो नगरसभाका लागि पोखरा महानगरपालिकाले आठ विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ।

आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने, खेलकुद विकास, नगर प्रहरी, पर्यटन विकास, पूर्वाधार व्यवस्थापन, सुशासन, आर्थिक ऐन र सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा महानगरपालिकाले प्रस्तुत गर्ने तयारी गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई दिएको अधिकार र क्षेत्राधिकार भित्र रहेको उल्लिखित विधेयक तयार गरिएको विधान समिति संयोजक समेत रहेका वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए।

विधान समितिको सदस्यमा वडा ४ का अध्यक्ष शंकर बास्तोला, प्रवक्ता समेत रहेका वडा ५ का वडाध्यक्ष धनबहादुर नेपाली, वडा ११ का अध्यक्ष मोहन बास्तोला र वडा २१ का अध्यक्ष खगराज आचार्य रहेका छन्। सदस्य सचिवमा महानगरका बरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा छन्।

चौथो नगरसभामा पेस भएका विधेयक छलफलपछि पारित हुनेछ । महानगरपालिकाका १ सय ७५ जना जनप्रतिनिधिहरु सभामा उपस्थित हुनेछन्।सहभागिहरुबाट प्राप्त सुझाव समेटेर संशोधन गर्नुपर्ने दफाहरु संसोधन गरि राजपत्रमा प्रकाशित गरि कानुनको रुपमा लागू हुने समिति संयोजक पौडेलले बताए।

महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार हालसम्म ४० भन्दा बढि कानुन बनाइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?