शिवसेना संस्थापक बाल ठाकरेले ‘एक बिहारी सय बिरामी’ भनेपछि..

शिवसेना संस्थापक बाल ठाकरेले ‘एक बिहारी सय बिरामी’ भनेपछि..
+
-

मुम्बईको राजनीतिमा अहम भूमिका निभाउन सक्ने बाल ठाकरेलाई मुम्बई आएर बस्ने उत्तरी क्षेत्रका भारतीयहरु विरुद्ध कठोर अभिव्यक्ति दिने नेताका रुपमा चिनिन्छ । शिवसेना प्रमुख बाल ठाकरेको जीवनका बारेमा फिल्म बनिसकेको छ । ‘ठाकरे’ फिल्ममा उनको भूमिका नवाजुद्दिन सिद्दिकीले निभाएका छन् ।

बाल ठाकरे भण्डै ४६ वर्षसम्म सार्वजनिक जीवनमा रहे । उनले न कहिल्यै चुनाव लडे न त कुनै राजनीतिक पद स्वीकार गरे । तर पनि महाराष्ट्रको राजनीतिमा उनको भूमिका अहम रह्यो । मायानगरी मुम्बईलाई आफ्नो गढ बनाएर काम गर्ने बाल ठाकरे आफ्नो विदादित अभिव्यक्तिका कारण चर्चामा रहे ।

उनका केही विवादित अभिव्यक्ति यस प्रकार छन् ।

मुम्बईमा परमिट सिस्टम


भारतका अन्य राज्यबाट मुम्बई गएर बस्नेहरुका विरुद्ध बाल ठाकरे कडा शब्दमा विरोध जनाउँथे । उत्तर भारतमा विशेष गरेर उत्तर प्रदेश र बिहारबाट मुम्बई पुग्ने मानिसहरुका विरुद्ध उनका शब्दहरुमा नफरत देखिन्थ्यो ।

उनले कैयौँ पटक यूपि बिहारबाट कामको खोजीमा मुम्बई पुग्नेहरुका लागि कठोर अभिव्यक्ति दिएका थिए । बाल ठाकरेकै अभिव्यक्तिका कारण यूपि र बिहारका मानिसहरुलाई ‘भईया’ शब्दले होच्याएर बोल्न सुरु गरिएको थियो ।

मार्च २०१० मा महाराष्ट्रका राज्यपाल के. शंकरनारायणले भनेका थिए कि मुम्बईमा जो सुकै पनि रहन सक्छन् । यसबारे ठाकरेले शिवसेनाको मुखपत्र ‘सामना’ मा लेखेका थिए, ‘मुम्बई धर्मशाला बन्न लाग्यो , बाहिरका मानिसहरु आउन रोक्ने एक मात्र उपाय यहि हो कि परमिट सिस्टम लागु होस् ।’

बिहारीलाई बिमारी भनेपछि ..


साल २००८ मा शिवसेना प्रमुख बाल ठाकरेले बिहारका व्यक्तिहरुका लागि जहरिलो अभिव्यक्ति दिएका थिए । पार्टीको मुखपत्र सामनामा प्रकाशित सम्पादकीयमा बाल ठाकरेले बिहारीहरुलाई ‘गोबरका कीडा’ भनेका थिए । उनले बिहारीका लागि ‘एक बिहारी, सय बिमारी’ को संज्ञा दिएका थिए ।

उक्त पत्रिकामा लेखिएको थियो, ‘बिहारमा भ्रष्टाचारको गंगा बग्छ, यहि कारण पवित्र गंगा नदी मैलो भएको छ । त्यहाँ गरिबी, भोकमरी र बेजारगारीका साथसाथै जातीवादको अराजक स्थिति छ ।’

सचिन तेन्दुलकरमाथि निशाना


यो नोभेम्बर २००९ को कुरा हो । भारतीय क्रिकेट टोलीका सर्वाेत्कृष्ट खेलाडी सचिन तेन्दुलकरले ‘मुम्बई हरेक भारतीय को हो’ भनेका थिए । उनले यो पनि भनेका थिए कि मलाई यस कुरामा ठूलो गर्व छ कि म महाराष्ट्रियन हुँ तर त्यो भन्दा पहिले म एक भारतीय हुँ ।

सचिनको यो अभिव्यक्तिमाथि बाल ठाकरेले कडा प्रहार गरेका थिए । ‘जब तपाईँ चौका या छक्का हान्नुहुन्छ मानिसहरु तपाईँको प्रसंसा गर्छन् तर यदि तपाईँ मराठिहरुको अधिकार उल्लंघन गर्नुहुनेछ या उनीहरुमाथि टिप्पणी गर्नुहुनेछ मराठीहरुले सहन सक्नेछैनन्,’ उनले भनेका थिए ।

बाल ठाकरेले सचिनलाई क्रिकेटको बहानामा राजनीति नगर्न चेतावनी पनि दिएका थिए ।

सानिया मिर्जामाथि निशाना


सचिनलाई चेतावनी दिएको पाँच महिनापछि अथार्त अप्रिल २०१० मा बाल ठाकरेले टेनिस खेलाडी सानिया मिर्जालाई निशानामा पारेका थिए ।
कारण थियो पाकिस्तानी क्रिकेट खोलाडी शोएब मलिक जोसँग सानियाको विवाह ।

बाल ठाकरेले एक पटक फेरि आफ्नो आक्रामक अभिव्यक्तिमा भने ‘सानिया यदि भारतका लागि खेल्न चाहन्छिन् भने उनले कुनै भारतीयलाई नै आफ्नो जीवनसाथी चुन्नुपर्छ । यदि सानियाले शोएबसँग नै विवाह गरिन् भने उनी भारतीय रहने छैनन् । उनको मुटु हिन्दुस्तानी थियो भने कुनै पाकिस्तानीका लागि धड्कीने थिएन ।’
बाल ठाकरेले यो पनि भनेका थिए कि सानिया आफ्नो खेलका कारण होइन उनी आफ्ना छोटा परिहन, फेशन र प्रेमप्रसंगका कारण चर्चित भएकी हुन् ।

शाहरुखमाथि निशाना


पाकिस्तानका क्रिकेट खेलाडीलाई इण्डियन प्रिमियर लिगमा सहभागी गराउने कुरा चलेपछि अभिनेता तथा कोलकाता नाइट राइडर्सका सह मालिक शाहरुख खानले यस कुरामा समर्थन जनाए ।

यहि कारण बाल ठाकरेले शाहरुख खानमाथि पनि कडा प्रहार गरे । बाल ठाकरेले त्यतिबेला भनेका थिए कि शाहरुख खानलाई ‘निशान ए पाकिस्तान’ ले पूकार्नु पर्छ ।

बिबिसी हिन्दीबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?