दुइ सयबढी चेलिबेटीलाइ बेश्यालय पुर्‍याउने वडाध्यक्षलाइ धराैटी मागियाे

+
-

काठमान्डाै‌- चेलिबेटी बेचबिखनकाे अाराेपमा पक्राउ परेका नुवाकाेटका सुन बहादुर तामाङलाइ काठमान्डाै‌ जिल्ला अदालतले ५ लाख रुपैयाँ धराैटी मागेकाे छ।

गाउँका २ सय भन्दा धेरै चेलीलाई भारतका बेश्यालयमा लगेर बिक्रि गरेको आरोप लागेका तामाङ पछिल्लाे समय नुवाकाेटकाे दुप्चेश्वर वडा नम्बर १ का अध्यक्ष थिए।प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्युराे-सीअाइबीले गरेकाे अनुसन्धान अनुसार उनले दिल्ली र मुम्बइमा बेश्यालय नै चलाएका थिए।

एक महिलासँग मिलेर उक्त ब्यवशाय सन्चालन गरेका तामाङले गाउँका २ सय भन्दा धेरै चेलीहरु त्यहाँ पुर्‍याएका थिए। बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

मानब बेचबिखन तथा अाेसारप्रसार मुद्धामा तामा‌ङविरुद्ध १५ वर्ष सजाय माग गरिएकाे थियाे। तामाङ २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा पक्राउ परेका उनिविरुद्ध मुद्दा दायर भएको थियो।

तर उनी फरार थिए। साेही मुद्दामा उनलाई अदालतले ६ वर्ष कैद सजाय सुनाइसकेको छ। नयाँ मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि उनी पुरानो मुद्दामा जेल बस्नुपर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?