चिसोले छेकेन बृद्धबृद्धालाई भोट हाल्न

चिसोले छेकेन बृद्धबृद्धालाई भोट हाल्न
+
-

काठमाडौँ- बुढ्यौलीमा हिँड्नसमेत हम्मेहम्मे पर्नेहरुलाई भोट हाल्न चिसोले भने छेकेको छैन। काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न मतदान केन्द्रमा बिहान मतदान सुरु भएलगत्तै भेटिएका बृद्धाबृद्धहरुले भोट हाल्न पाउँदा निकै उत्साहित भएको र आफूहरुलाई चिसोले नछेकेको बताए।

वडा नम्बर ११ को भिएस निकेतमा सञ्चालित मतदानकेन्द्रमा भोट हाल्न तम्तयार भएर आएका स्थानीय ८६ वर्षीय पूर्णराज शर्माले उत्साहित हुँदै देशसञ्चारसँग भने, ‘हाम्रो भोटले कसैले जितेर समाज विकासका लागि केही राम्रो गरे भने त्यही हो, हाम्रो निम्ति सबैभन्दा ठूलो कुरा।’ उनलाई आफूले हालेको मतको सदुपयोग हुन्छ भन्ने पनि विश्वास छ।

दूरसञ्चार तालिम केन्द्रमा सञ्चालित मतदान केन्द्रमा आफ्नो नामावली खोज्दै गरेकी स्थानीय ७९ वर्षीय नयनकुमारी श्रेष्ठ पनि जाडोमा न्यानो भएर भोट हाल्न आइन्। राम्रो गरेर देश बनाउनेलाई भोट दिनैपर्ने उनको भनाइ छ। ‘देश उज्यालो बनाउनेलाई भोट दिन यो बिहान सकिनसकी आइपुगेकी हुँ,’ उनले भनिन्, ‘मलाई पनि विश्वास छ अब भने केही राम्रो होला।’

पूर्णराज र नयनकुमारीजस्ता उमेरले डाँडा काटिसकेकाहरु आज काठमाडौंसहित ४५ जिल्लामा सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्न हतारोमा छन्। उनीहरुलाई बढ्दो चिसो र या आफ्नै शारीरिक समस्याले पनि मत हाल्न रोकेको छैन। निर्वाचन आयोगको तथ्याङ्कअनुसार यो निर्वाचनमा ६१ वर्षभन्दा माथिका २४ लाख ८ हजार ७ सय ७५ जना मतदाता छन्।

भोट हाल्न उनीहरु उत्साहित भए पनि ग्रामीण भेगमा हिँड्न समस्या र सुरक्षाका कारण सहरमा सवारी साधनमा लगाइएको निषेधका कारण समस्या भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?