
काठमाडौं – तराईंका विभिन्न जिल्लामा चलेको शीतलहर तथा चिसो प्रभावितलाई आइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ ।
प्रभावित घरपरिवारका सदस्यलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधि र स्थानीय व्यवसायीक साझेदारले सिरहाको गोलबजार नगरपालिका–३, जम्दह रकल्याणपुर नगरपालिका–७, भेडियाका तथा सप्तरीको राजविराज नगरपालिका–९, मलेठ र खड्क नगरपालिका–३, बानरझुलाका चिसो प्रभावित गरिब घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् ।
आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । आइएमई फाउन्डेशन मार्फत आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप गर्दैआएको छ ।