ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागु

+
-

चितवन – राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि चितवनको भरतपुरबाट मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्याधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ ।

चालु आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत दुर्घटना ट्रक र टिपरबाट भएकाले आइतबारदेखि टाइम कार्ड लागु गरिएको हो ।

जसअनुसार ती सवारीले भरतपुर महानगरपालिका–१२ को गोन्द्राङ्गदेखि भण्डारासम्म २० किलोमिटर ४५ मिनेटमा पुग्नु पर्नेछ ।

यस्तै भण्डारादेखि मकवानपुरको मनहरीसम्म २० किलोमिटर ३५ मिनेट, मनहरीदेखि भण्डारा २० किलोमिटर ३५ मिनेट र भण्डारादेखि पुनः गोन्द्राङ्सम्म ४५ मिनेटमा पुग्नु पर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

टाइम कार्डको गोन्द्राङ्, भण्डारा र मनहरी प्रहरीले निगरानी गर्ने पन्तले बताउनुभयो । टाइम कार्डको उल्लंघन गर्नेलाई सवारी यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने उहाँले जानकारी दिनुभयो । चितवनको सडक हुँदै अहिले दुई हजारभन्दा बढी ट्रक र टिपर सञ्चालन हुने गरेका छन् ।

चालु आर्थिक वर्षको पुससम्ममा ११५ वटा दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यी दुर्घटनाबाट ६१ जनाको मृत्यु भएको छ भने २३० जना घाइते भएका थिए । जसमध्ये ३० वटा दुर्घटनामा ट्रक र टिपरको संलग्नता रहेको प्रमुख पन्तले बताए । रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?