नेपालगञ्ज – नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
राँझाबाट नेपालगञ्जतर्फ आइरहेको भे ४ प ४७२७ नम्बरको मोटरसाइकललाई बा १ क ७५३१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका एकजनाको मृत्यु भएको हो । नेपालगञ्ज–१२ का मनोज चिडीमारको दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मनोजलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । दुर्घटना आइतबार रातिको हो ।
यसैबिच बाँके प्रहरीले ठूलो मात्रामा लागु पदार्थसहित दुई युवकलाई पक्राउ गरेको छ । सिन्धुलीका सुरजराजमोहन गिरी र धरानका माइकल लिम्बुलाई प्रहरीले लागु पदार्थसहित पक्राउ गरेको हो ।
नाइट्रोभेट तीन सय ट्याब्लेटलगायत लागु पदार्थ उनीहरुबाट बरामद भएको छ । बाँके प्रहरीले दुवैका विरुद्ध कानूनी कारबाही अघि बढाएको छ ।
सम्बन्धित समाचारहरु…
ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु