कुष्ठरोग प्रभावितहरुलाई सम्‍मान गरौं, समाजका अंग बनाऔ-मन्त्री थापा

कुष्ठरोग प्रभावितहरुलाई सम्‍मान गरौं, समाजका अंग बनाऔ-मन्त्री थापा
+
-

काठमाडौं-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले कुष्ठरोग प्रभावितहरु समाजमा बिना भेदभावरहित सम्मानपूर्वक बाँच्‍न पाउनु पर्ने बताएकी छिन्।

६६औं विश्व कुष्ठरोग दिवसको अवसरमा शान्ति सेवा संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्‍दै मन्त्री थापाले भनिन्, ‘ कुष्ठरोगीहरु पनि जिम्‍मेवारी नागरिक हुन। उनीहरुलाई पनि अरु नागरिक सरह सम्मानपूर्वक बाच्न पाँउनुपर्छ र परिवार तथा समाजमा विभेदरहित रुपमा बस्न पाउने उनीहरुको अधिकार हो।’

उनले उनीहरुका सबै समस्यालाई पूर्णरुपमा समाधान गर्न राज्य तथा विभिन्‍न सरोकार संस्थाहरुले संवेदनशील ढंगले र्हेनु पर्ने नीति कार्यक्रम ल्‍याएको बताइन्। कुष्ठरोग लागेर निको भएका जेष्ठ नागरिक शलिमा खातुन, केउली शाही, नन्दी पून र रुपेन्द्रमान प्रधानलाई मन्त्री थापाले दोसल्ला ओढाएर सम्मान गरिन्।

यस्तै कार्यक्रममा राष्ट्रिय कुष्ठरोग कल्याण संघका अध्‍यक्ष दिपक तिवारीले भूकम्पपछि कुष्ठरोगी प्रभावित परिवारको जनजीवन निकै कष्टकर बनेको बताए। उनले भने, ‘२५ वर्षदेखि शान्ति सेवा गृहमा मेडिकल कमुनिटि हेल्परका रुपमा कार्यरत छु। हामी कुष्ठरोग प्रभावित व्यक्तिहरु मिलेर सहकार्य गरिरहेका छौ। तर भूकम्प पछि कुष्ठरोगी प्रभावित परिवारको जनजीवन निकै कष्टकर बनेको छ।’

उनले कुष्टरोगीहरुका लागि भवन निर्माण सेवा सुविधाका साथै पूनःस्थापना कसरी गर्न सकिन्छ भनेर मन्त्रालयसँग छलफल गरी मौखिक रुपमा सहमति भए पनि कानुनी रुपमा सहमति हुने प्रक्रियामा रहेको बताए।

यता, कुष्ठरोग प्रभावित संस्थाका अध्यक्ष अमर तिमलसिनाले पहिलेको तुलनामा भने केहि हदसम्म सुधार भए पनि राज्यबाट नै कुष्ठरोगी लाई अपहेलना गरिएको गुनासो गरे।

कुष्ठरोग प्रभावितका लागि शान्ति सेवा संस्थाले २०४१ देखि खोकंन्ना आरोग्य आश्रममा १ सय ४० जनालाई सरकार सँग सहकार्य गरेर हेरचार गरिरहेको छ भने उनीहरुका बालबालिकालाई निःशूल्क शिक्षाका साथै होस्टलको समेत छ, जसमा ६५ जना पढ्दै छन्। ७ सय ३१ जनाले शिक्षा हासिल गरिसके जसमध्ये १ सय ३० जनालाई उच्च शिक्षा तथा प्राविधिक शिक्षा समेत दिसकेको नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जित बहादुर हमालले जानकारी दिए।

यस्तै ‘विभेदको अन्त्य’ चेतना मूलक कार्यक्रम गर्नका लागि धरान, पोखरा, नेपालगञ्ज र धनगढीमा शाखाहरु समेत रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?