म्यान सिटीलाई हराएको लिभरपुल स्वान्सीसँग खेल्दै

म्यान सिटीलाई हराएको लिभरपुल स्वान्सीसँग खेल्दै
+
-

लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो अघिल्लो खेलमा शीर्षस्थानको म्यानचेस्टर सिटीलाई ४–३ गोलले हराएको लिभरपुल सोमबार राती स्वान्सीसँग खेल्दै छ।

घरेलु मैदानमा उत्रने लिभरपुलले स्वान्सीलाई हराउन सके शीर्षस्थानको म्यान सिटीसँगको अंक दुरी १५ अंकमा कायम राख्ने छ। प्रिमियर लिगमा आपसका पछिल्ला चार भिडन्तमा दुवै टोलीले समान दुई दुई जितको नतिजा निकालेका छन्।

गत डिसेम्बरमा अन्तिम पटक यी दुई टोलीबीच भएको भिडन्तमा लिभरपुल ५–० गोलले विजयी भएको थियो। लिभरपुलले प्रिमियर लिगका १५सहित सबै प्रतियोगितामा गरी पछिल्ला १८ खेलयता हार ब्यहोरेको छैन। उसले अघिल्लो खेलमा जित हात पार्दा प्रिमियर लिगमा म्यान सिटीको २२ खेलको अपराजित यात्रा टुंगिएको थियो।

जारी प्रिमियर लिगमा लिभरपुल २३ खेलबाट ४७ अंक जोडेर चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको म्यान सिटीको २४ खेलबाट ६५ अंंक छ।

२४ खेलपछि म्यानचेस्टर युनाइटेडको ५३ र चेल्सीको ५० अंक छ। पाँचौं स्थानमा रहेको टोट्टनहामको २४ खेलबाट ४५ अंक भएकाले युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन लिभरपुलले कम्तिमा चौथो स्थानमा बलियो हुनुपर्ने छ।

प्रतियोगिताको शीर्ष चार टोली युरोपियन च्याम्पियन्स लिगमा छनोट हुनेछन्। स्वान्सी भने तालिकाको २० औं तथा अन्तिम स्थानमा छ।

स्वान्सीले २३ खेलबाट केवल १७ अंक जोडेको छ। तालिकाको १८ औं स्थानदेखी तलका टोलीहरु रेलिगेसनमा पर्नेछन्। १७ औं स्थानमा रहेको स्टोक सिटीको २४ खेलबाट २३ अंक छ।

 

सम्बन्धित समाचारहरु…

लिभरपुलले तोड्यो सिटीको अपराजित यात्रा

पुछारको स्वान्सीसँग हार्यो लिभरपुल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?