कुन्दुज-अफगानिस्तानी सुरक्षा फौजले गरेको कारबाहीमा परी ५० भन्दा बढी लडाकूहरु मारिएका छन् ।
कुन्दुुज प्रान्तमा तालिवान लडाकूहरू विरुद्ध गरिएको कारबाहीमा उनीहरु मारिएको र अरु ३० जना घाइते भएको पनि अफगानी सेनाका एक जना प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।
प्रवक्ता गुलाम हज्रात कारिमीले कुन्दुज प्रान्तको चार डारा जिल्लामा एक हप्ता अगाडीदेखि सुरु भएको सुरक्षा कारबाही आइतबार राती सकिएको बताए।
तालिवान लडाकूहरूको नियन्त्रणमा रहेका दश गाँउ पनि सेनाले अहिले आफ्नो नियन्त्रणमा लिएको उनको भनाई छ ।
प्रवक्ता कारिमीका अनुसार एक हप्ते सुरक्षा कारबाहीका क्रममा २० जना तालिवान लडाकूहरुलाई सरकारी सुरक्षाफौजले पक्राउ गरेको छ।
दुई पक्षकाबीचमा भएको भिडन्त र द्वन्द्वका कारण झण्डै दुई हजार भन्दा बढी परिवार विस्थापित पनि भएका छन्। रासस