
नरेन्द्र मोदी सन २०१४ मा जब वाराणसीको लोकसभा चुनावमा उत्रेका थिए उनले आफूलाई ‘गंगाको छोरो’ बताएका थिए । अब सन २०१९ मा कांग्रेस कार्यकर्ताहरु पार्टी महासचिव प्रियका गान्धीलाई ‘गंगा की छोरी’का रुपमा प्रचार गरिरहेका छन् र यो नारालाई चुनावी अभियानमा सक्रिय पार्ने उनीहरुको तयारी छ ।
प्रयागराज कुम्भमा यसको झल्को पनि देखिएको छ, जहाँ प्रियंका गान्धीको पोस्टर लगाइएको छ । कांग्रेसले हालै प्रियंकालाई पार्टीको महासचिव बनाएर उनलाई पूर्वी उत्तर प्रदेशको कमाण्ड सम्हाल्ने जिम्मेबारी दिएको छ ।
प्रयागराजमा मंगलबार मुख्यमन्त्री योगिसहित यूपी सरकारको मन्त्रिमण्डल कुम्भ स्नानका लागि पुगेको थियो । तर भारतीय जनता पार्टीका नेताको जमघट भएपनि प्रियंका गान्धीलाई गंगाकी छोरीको उपमा दिइएको पोस्टरले सबैको ध्यान तानेको थियो ।
पोस्टरमा प्रियंका गान्धीका साथै पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको तस्बिर छ । त्यसको छेउमा कांग्रेस अध्यक्ष राहुल गान्धीको तस्बिर छ ।