प्रियंका गान्धीको ‘नशावाला’ भिडियोको सत्य

प्रियंका गान्धीको ‘नशावाला’ भिडियोको सत्य
+
-

सामाजिक सञ्जालमा भारतीय कांग्रेसकी नयाँ महासचिव प्रियंका गान्धीको एक भिडियो शेयर गरिएको छ र उक्त भिडियोका माध्यमबाट उनलाई रक्सीको नशामा होस गुमाएको दाबी गरिएको छ।

करिब १० सेकेण्डको यो भिडियोमा प्रियंका गान्धीलाई सञ्चारकर्मीहरुसँग झर्केको देखाइएको छ। केही व्यक्तिहरुले यो भिडियोको अघिल्लो ६ सेकेण्डको भाग मात्र शेयर गरेका छन् जसमा प्रियंकाले ‘अब तपाईँहरु चुचचाप अगाडिसम्म जानुहुन्छ त्यहाँ सम्म’ भनेको सुनिन्छ।

जताततै शेयर र पोस्ट गरिएको यो भिडियो धमिलो पारेर देखाइएको छ । ‘आई एम विद योगी आदित्यनाथ’, ‘राजपूत सेना’, र मोदी मिशन २०१९’ समेत धेरै ठूला फेसबुक पेजहरुले पनि यो भिडियो शेयर गरेका छन्।

यी सबैले भिडियो शेयर गरेर प्रियंका गान्धीले मादक पदार्थ सेवन गरी पत्रकारहरुसँग अभद्र व्यवहार देखाएको दाबी गरेका छन् । तर यो भिडियो शेयर गर्दा गरिएको दाबी गलत रहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

रिवर्स इमेज सर्चबाट पत्ता लागे अनुसार यो भिडियो १२ अप्रिल २०१८ को हो । १२ अप्रिलको साँझ कांग्रेस अध्यक्ष राहुल गान्धीले सामािजक सञ्जालमा बलात्कार घटनाका विरुद्ध दिल्लीको इण्डिया गेटमा ‘मिडनाइट प्रोटेस्ट’ मा सहभागि हुन अपील गरेका थिए ।


जनवरी २०१८ मा जम्मुको कठुवा जिल्लामा बकरवाल समुदायकी एक नाबालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । यो घटनाको केही दिन पहिले बिजेपी नेता कुलदीप सिंह संगेरमाथि उत्तर प्रदेशकी एक नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । यी दुवै घटनालाई लिएर भारतभर प्रदर्शन भइरहेको थियो।

यसैक्रममा दिल्लीमा अप्रील १२ मा भएको विरोध प्रदर्शनमा राहुल गान्धीकी बहिनी प्रियंका गान्धी आफ्नी छोरी मिराया र पति राबर्डका साथ सहभागि भएकी थिइन् । उक्त विरोध प्रदर्शनको नारा थियो ‘मोदी भगाउ, देश बचाउ’।

राहुल र प्रियंका, दुवै यो प्रदर्शनमा सहभागि भएपछि कांग्रेस कार्यकर्ताहरुबीच आफ्ना नेताको नजिक पुग्ने होड चल्यो र प्रियंका गान्धीलाई इण्डिया गेटबाट मुख्य प्रदर्शन स्थलसम्म पुग्न कठिन भयो ।

रिपोर्टका अनुसार प्रियंका गान्धी आफू र आफ्नी छोरीमाथि भएको धक्का र ठेलम ठेलका कारण रिसाएकी थिइन् । उनले मुख्य प्रदर्शन स्थलमा पुगेर पार्टी कार्यकर्ता र सञ्चारकर्मीहरुसँग भनिन् ‘ एक पटक तपाईँहरुले के गरिरहनुभएको छ भनेर सोच्नुहोस्, अब तपाईहरु चुपचाप उभिएर जान सक्नुहुन्छ त्यहाँसम्म । जसलाई ठेलम ठेल गर्नुछ घर गए हुन्छ ।’

अप्रिल १२ र १३ का थुप्रै रिपोर्टका अनुसार प्रियंका गान्धी मिडिया र पार्टी कार्यकर्तासँग रिसाएको सत्य घटना हो । तर कुनै पनि रिपोर्टमा उनले मादक पदार्थ सेवन गरेको कुरा भने उल्लेख छैन ।

प्रियंका गान्धी औपचारिक रुपमा कांग्रेस पार्टीको राजनीतिमा आएपछि उनका विरद्ध दुुष्प्रचार भइरहेको छ । केही मानिसहरुले सामाजिक सञ्जालमा प्रियंका गान्धीको यो पुरानो भिडियो बिजेपीनेता सुब्रमण्यन स्वामीको विवादित टिप्पणीसँग पनि जोडेर पोष्ट गरेका छन् ।

राज्यसभा सांसद सुब्रमण्यन स्वामीले भनेका थिए, ‘प्रियंका गान्धीलाई बायपोलर बिरामी छ उनी हिंस्रक व्यवहार गर्छिन्, यसकारण उनले सार्वजनिक जीवनमा काम गर्न सुहाउँदैन । ’

बिबिसी हिन्दीबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?