
अन्ततः एलेक्स सान्चेज आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका छन् । जोसे मोरिन्होको टिम युनाइटेडले सान्चेजलाई आर्सनलबाट आफ्नो क्लब ल्याउनका लागि सम्झौता गरेको हो ।
यसका लागि युनाइटेडका हेनरिक मेखतारियनलाई आर्सनल पठाउनु पर्यो । यो एक प्रकारले आदान प्रदान सम्झौता हो । गएको समरमा लगभग म्यानचेस्टर सिटी गइसकेका २९ वर्षे चिलियन सान्चेजले म्यानचेस्टर युनाइटेडसँग साढे चार वर्षको सम्झौता गरेका हुन् ।
उनले कर कटाएर वर्षको १४ मिलियन पाउण्ड आय गर्ने छन् । सिटीले गएको हप्ता सान्चेजलाई अहिले अनुबन्ध गर्ने होडबाट आफूलाई पछि पारेको थियो ।
सान्चेजलाई टिमको बढी कमाइ गर्ने खेलाडी बनाउन टिम स्प्रिटमा असर गर्ने भन्दै सिटी पछि हटेको हो । तर मोरिन्होको टिम युनाइटेडले उनलाई क्लबको बेस्ट पेड खेलाडी बनाएको छ ।
यो पनि पढ्नुहोस्…