अमेरिकी गुप्तचर निकायलाई ट्रम्पको चेतावनी: ‘फेरि स्कूल जानुस्’

अमेरिकी गुप्तचर निकायलाई ट्रम्पको चेतावनी: ‘फेरि स्कूल जानुस्’
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका गुप्तचर निकायका प्रमुखलाई ईरान मुद्दामा अनुभवहिन भनेका छन् र उत्तर कोरियालाई लिएर गरिएको अनुमानलाई पनि खारेज गरेका छन्।

ट्रम्पले ट्वीट गरेर भनेका छन् ‘ईरानदेखि सावधान हुनुहोस्, अ‍ेमरिकाका गुप्तचरका अधिकारीहरुले फेरि स्कूल जानुपर्ने बेला भएको छ।’

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले सुरक्षा खतरालाई लिएर आफ्नो आकलनमा ईरान अब परमाणु हतियार बनाउने पक्षमा नरहेको उल्लेख गरेका थिए ।
ट्रम्पले यहि विषयमा गुप्तचर निकायप्रति तीव्र रोष प्रकट गरेका हुन् ।

अमेरिकाका नेशनल इन्टेलिजेन्स निर्देशक डेन कोट्स

गुप्तचर अधिकारीहरुले आफ्नो आकलनमा भनेका थिए कि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई छोड्ने सम्भावना छैन । राष्ट्रिय गुप्तचर निकायका निर्देशक डेन कोटेस र अन्य गुप्तचर प्रमुखले मंगलबार सीनेट समक्ष आफ्नो द वल्र्डवाइड थ्रेट एसेसमेन्ट रिर्पाेट पेश गरेका थिए ।

ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन्, ‘ईरानको खतराको सम्बन्धमा अमेरिकी गुप्तचरको रिपोर्ट गलत छ ।’ उनले अगाडि भनेका छन् ‘ईरान मध्य पूर्वमा मात्रै होइन त्यसभन्दा बाहिर पनि हैरानी पैदा गरिरहेको छ । ईरान अहिले पनि सम्भावित खतरा र संघर्षको श्रोत बनेको छ ।


गत वर्ष अमेरिका सन २०१५ मा ईरानसँग भएको ऐतिहासिक परमाणु सम्झौताबाट अलग भएको थियो । राष्ट्रिपति ट्रम्पको यो फैसलाको अमेरिकासहित विश्वभर आलोचना भएको थियो ।

गतवर्ष ट्रम्पले उत्तर कोरियासँग राजनीतिक सम्बनध राम्रो बनाउन ठोस कदम चाल्दै उत्तर कोरियाका नेता किम जोंगसँग भेटवार्ता गरेका थिए । यो भेटवार्तापछि ट्रम्पले भनेका थिए कि किम उत्तर कोरियालाई परमाणु हतियारबाट मुक्त गर्नका लागि सहमत भएका छन् ।

उक्त भेटवार्तापछि ट्रम्पले उत्तर कोरियाको परमाणु खतरा सकिएको बताएका थिए । तर ट्रम्पको यो दाबी प्रति थुप्रै प्रश्न उठेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?