काठमान्डाै- महाेत्तरीकाे रामगाेपालपुर नगरपालिकामा सरस्वती पूजाकाे अवसरमा वनभाेज गएकालाइ लिएर फर्किएकाे ट्रयाक्टर साेमबार राती दुर्घटना हुँदा तीनजनाकाे मृत्यु भएकाे छ। अाठजना घाइते भएका छन्।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षिय सत्यचन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका छन्।
दुर्घटनामा घाइते भएका आठैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ।
दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ। रामगाेपालपुर ८ थलहीमा ज १ त ३५१६ नम्बरकाे ट्रयाक्टर दुर्घटना भएकाे थियाे।