डा. गोविन्द केसीको समर्थनमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प

डा. गोविन्द केसीको समर्थनमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प
+
-

काठमाडौँ – डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले शुक्रबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेका छन् ।

डा. केसीको मागलाई बेवास्ता गरी प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् ।

नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रर्दशनमा उत्रने निर्णय गरेको हो ।

संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार एक दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जानकारी गराउँदछौँ ।’

संघले केसीको जीवन रक्षार्थ देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थामा सञ्चालन गरेको रिले अनशन लगायतका कार्यक्रमलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा छन् र उनी अनशन बसेको २४ दिन भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?