नेपाल टेलिकमले सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने

नेपाल टेलिकमले सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने
+
-

काठमाडौँ- नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी÷एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको हो।

यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो सेवा विस्तार गर्न निर्देशन दिएको थियो।

उनले भनिन्, ‘ संसद्को अर्थ समिति, विकास तथा प्रविधि समितिको निर्देशनलाई आत्मसाथ गर्दै आइतबार चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता भएको छ। हामी काम अगाडि बढाउनेछौ। नेपालभर ६५ लाख क्षमताको फोरजी–एलटिइ विस्तारका लागि एउटा कोर नेटवर्क र दुई र्‍यान नेटवर्क तयार गर्छौ। ‘

उनका अनुसार छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमकोतर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिइन्। साथै फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(र्‍यान)का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता समेत भइसकेको बताइन्।

यस्तै सेवा विस्तार भएपश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुने उनले विज्ञप्तिमा उल्लेख गरेको बताइन्। उनले भनिन्, ‘ फोरजीको मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा
रहनेछ।’

र्‍यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने उनले जानकारी दिइन्। सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुनेछ।

टेलिकमले मुलुकमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटिइ सेवा सञ्चालन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?