
बुटवल–माघेऔँशी नुहाउन त्रिवेणी धाममा भक्तजनको भीड लागेको छ । नवलपरासीकोे त्रिवेणी धामस्थित नारायणी नदीमा सूर्यको आराधना गर्दै पूजाआजा गर्नाले पूण्य प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।
नारायणी, सोनभद्र र पूर्णभद्र नदीको संगम स्थल भएको हुँदा त्रिवेणी धाममा माघेऔँशीमा मेला लाग्छ । धाममा नुहाउन र पूजाआजा गर्न भारतबाट समेत हजारौँ पर्यटक आउने गरेको त्रिवेणी विनइ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रितमबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार धाममा करीब १ लाख धार्मिक पर्यटक नुहाउन र पूजाआजा गर्न आउँछन् ।