
दाङ-उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आन्दोलन÷हड्ताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले यस्तो आदेश दिएको हो।
अधिवक्ता सन्तोष पोख्रेलले प्रतिष्ठान र संघर्ष समितिलाई बिपक्षी बनाइ रिट दायर गर्नुभएको थियो। तीन हप्ता अघी देखी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन जारी राखेका छन्।
साविक राप्ती उपक्षेत्रीय अस्पताल मातहतमा रहेका तीन जना कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि बिवाद चर्किएको छ। आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ। बिरामीले सेवा पाउन सकेका छैनन्।