
धनुषा – धनुषामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् । जिल्लाको धनौजी गाउँपालिका–४ भडरिया चोकबाट ४५ थान अवैध लागुऔषध सहित एकजना पक्राउ परेको हो ।
भारतबाट नेपाल तर्फ आइरहेका युवकहरुमाथी चेकजाँच गर्ने क्रममा ४५ थान नाईट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ । सबैला नगरपालिका–११ का १८ वर्षीय मिथिलेश राउतलाई शंकाको अधारमा चेकजाँच गर्दा ४५ थान नाईट्रोभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
राउतलाई जिल्ला प्रहरी कार्यालयले आफ्नो नियन्त्रणमा लिँई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।