मेलबर्न- विश्व नम्बर एक राफेल नाडाल वर्षकाे पहिलाे ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन अाेपनकाे क्वाटरफाइनलबाटै बाहिएका छन्।
अन्तिम अाठकाे भिडन्तमा पाँचाै सेटकाे खेल चलिरहँदा नाडाल रिटायर्ड हर्ट भए।
खेल राेकिनुअघि पाँचाै वरियताका मारिन सिलिच ३-६ ६-३ ६-७ ६-२ र २-० ले अगाडि थिए।
३१ वर्षिय नाडाल १६ पटक एकल ग्रान्डस्लाम टेनिस उपाधि जितेका खेलाडि हुन्। तर उनले एक पटकमात्र अस्ट्रेलियन अाेपनकाे उपाधि जितेका छन्। यसअघि साेमबार १२ पटक एकल ग्रान्डस्लाम उपाधि जितेका नाेभाक जाेकाेभिच पराजित भएका थिए। नाडाल गत वर्षका चारमध्ये दुइवटामा विजेता बनेका थिए भने एउटामा फाइनल पुगेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































