प्रदेश सभामा सरकारी गाडी आगजनी प्रकरण

सत्तापक्षद्वारा कारवाहीको माग, प्रतिपक्ष भन्छ, ‘घुसपैठ भो’

सत्तापक्षद्वारा कारवाहीको माग, प्रतिपक्ष भन्छ, ‘घुसपैठ भो’
+
-

पोखरा- गएको शनिबार कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको शिक्षा शाखाको गाडीमा आगजनि गरेको विषयमा लिएर सत्तापक्ष र प्रतिपक्षिका सांसद बीच चर्काचर्की जस्तै भएको छ।

गण्डकी प्रदेश सभाको बुधबार बसेको बैठकमा सत्तापक्षका नेकपा सांसदहरुले राज्यको सम्पत्तिमा आगो लगाउनु निन्दनीय र दुःखद भएको सुनाए। बैठकमा विशेष समय लिएर बोल्दै गरेका नेकपा सांसद कृष्ण थापाले कानुनको खिलाप उत्रने गरी सरकारी सम्पत्ति नास्न कसैलाई पनि छुट नभएको बताए।

‘सरकारी गाडीमा दिनदहाडै आगो लगाउन सक्ने अधिनायकवादी हुन्छ की, समृद्ध नेपाल सुखी नेपालीको योजना समृद्धको बाटोमा हिँडेको सरकार अधिनायकवादी हुन्छ?’ उनले प्रश्न गरे । विभिन्न बहानामा आन्दोलनको नाम दिएर शान्ति सुरक्षा खल्बल्याउने काम सुखद नहुने उनले सुनाए।

नेकपाका सांसद थापा बोलेर सक्ना साथ विशेष समयमै बोल्ने क्रममा रहेका कांग्रेस सांसद विन्दुकुमार थापाले उनले राखेका कुराहरु माथि अहमति प्रकट गरे । नेकपाको दुई तिहाईको दुर्लभ सरकार आइसकेपछि करिब एक वर्षमै भ्रष्टाचारले चरम चुलि नाघेको र काण्डैकाण्डमा फसिसकेको उनको आरोप थियो।

सुशासन कायम गर्न सरकार असफल भएको र सरकारी सम्पत्ति, धनको दुरुपयोग बढ्दै गइरहेको सन्दर्भमा नेविसंघले गत शनिबार सरकारी गाडी नियन्त्रणमा लिने देशभर आन्दोलनको कार्यक्रम राखिएको भन्दै आफ्ना विद्यार्थी नेताको बचाउ गरे।

‘सरकारी गाडीमा तोडफोड गर्ने, आगजनी गर्ने कुनै निती तथा निर्देशन थिएन,’ उनले भने, ‘तर हुन गयो। यसमा घुसपैठ भएको हामीलाई लागेको छ।’
चाबि लिएको घटनामा आगजनी समेत गरेको, सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याएको आरोप लगाई केन्द्र तथा गृहको आदेशमा हाम्रा विद्यार्थीलाई अनाहकमा अमानवीय शैलीमा थुनामा राखिएको प्रति उनले सभामुखको ध्यानाकर्षण गराए। सो गाडीमा आगजनि भएको घटनालाई लिएर कांग्रेसले दुःख व्यक्त समेत गरिसकेको उनले जानकारी गराए।

दोषीलाई सप्रमाण खोजी गरि कारवाही गर्न सरकारसँग माग गर्दै कांग्रेस सांसद थापाले मुख्य दोषी पत्ता नलगाई सकेको र अनुसन्धान जारी भइरहेकोले अन्य थुनुवासँगै ३ जना नेविसंघका विद्यार्थी नेतालाई राखेर सरकारले गैरराजनीतिक चरित्र देखाएको उनको आरोप छ।

आशांकाकै भरमा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई जिल्ला अदालतबाट म्याद थप गराई थुनामै राखिराखेको प्रति उनले अप्रशन्नता प्रकट गरे। राजनीतिक मुद्दा भएकोले नेपाली कांग्रेसले ससम्मान आफ्ना विद्यार्थी नेतालाई रिहाई नगरे कडा प्रतिवादमा उत्रने उनले सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराए।

नेकपाकै सांसद इन्द्रलाल सापकोटाले सरकारी सम्पत्ति हिनामिना गर्ने छुट कसैलाई नभएको भन्दै गाडीमा आगजनी गर्ने व्यक्तिहरुलाई कानुनी कारवाही गर्न कुनै कसर बाँकी नराख्न आग्रह गरे।

जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेका भएपनि २ जना छुटिसकेका छन्। बाँकी ३ विद्यार्थी नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई भने जिल्ला प्रहरी कार्यालय कास्कीले उपद्रव मुद्दा अदालतमा दायर गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?