अल्पायूमै भाइ बितेपछि खेलाडी प्रोत्साहनमा पंकजको दिल

अल्पायूमै भाइ बितेपछि खेलाडी प्रोत्साहनमा पंकजको दिल
+
-

विर्तामोड- काठमाडौंबाहिर पहिलो पटक खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरुले आइतबार स्पोर्ट्स अवार्ड वितरण कार्यक्रम आयोजना गरे। त्यो कार्यक्रम गर्न कलम चलाएर थोरै पैसा लिएर जीविकोपार्जन गर्दै गरेका पत्रकारहरुका लागि त्यति सहज थिएन। पहिलो पटक झापाली पत्रकारहरुको आयोजनामा खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।

पुरस्कार वितरण भन्ने बित्तिकै पुरस्कार राशिको व्यवस्थापन निकै जटिल छ। तर सोही जटिलतालाई मेचीनगर नगरपालिका वार्ड नं. १० का पंकजविक्रम नेम्बाङले सहज बनाइदिए। पाँच पुरस्कारमध्ये चारवटाको पुरस्कार राशि आफ्नै खल्तीबाट उपलब्ध गराएर कार्यक्रमलाई सम्पन्नताको बाटोतर्फ डोहोर्‍याइदिए।

उनले ६० हजार रुपैयाँको व्यवस्थापन गरिदिए। यसपालिको पुरस्कारलाई मात्र होइन उनले ती पुरस्कार आफ्नो दिवंगत फुटबल खेलाडी भाइ आशिषविक्रम नेम्बाङको स्मृतिमा स्थापित गरिदिए।

कार्यक्रम सञ्चालन हुँदै गर्दा पंकजविक्रम नेम्बाङले भने, ‘मैले यो पटक प्रत्येक खेलाडीलाई १५ हजार रुपैयाँका दरले उपलब्ध गराएँ। आगामी बर्षदेखि यो पुरस्कार राशिलाई बढाएर २५ हजार पुर्‍याउनेछु। र चार जनाको खेलाडीको पुरस्कारका लागि म जिम्मेवार रहनेछु।’

यति ठूलो दिल भएका नेम्बाङ अरु कोही नभएर विगत १५ वर्षदेखि अखिल नेपाल फुटबल संघमा आवद्ध छन्। उनी अहिले एन्फाका केन्द्रीय सदस्य हुन्। उनी पनि विगतका फुटबल खेलाडी नै हुन्। तर जिल्ला तथा क्षेत्रस्तरका खेलहरुमा सीमित रहे। तर खेलाडी प्रोत्साहनका लागि उनी कहिले पछि परेका छैनन्।

२०३६ साल असार २ गते जन्मेका पंकजका भाइ आशिष फुटबलका अत्यन्त राम्रा खेलाडी थिए। उनका गुरु झापा फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ हुन्। तर क्यान्सर रोगका कारण आशिषको २०५९ साल पुस २ गते निधन भयो।

नाकमा पलाएको मासु वायोप्सी नगरी चिकित्सकले शल्यक्रिया गरिदिएपछि त्यही स्थानमा उनको क्यान्सर भएको परिवारका सदस्यहरुले बताएका छन्।

आशिषको स्मृतिमा मेचीनगर नगरपालिकाको माध्यमिक तह स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने गरेको छ। त्यसको पुरस्कार राशिको व्यवस्था पंकजले नै गरिदिएका छन्। अहिले उक्त प्रतियोगिताको दोस्रो संस्करण पूरा भइसकेको छ।

जिल्ला लिग प्रतियोगिता भएका बेला आशिष स्मृति खेलकुद पत्रकारिता पुरस्कार वितरण हुने गरेको छ। यो पनि दोस्रो पटक वितरण भइसकेको छ। यसको पुरस्कार राशिको व्यवस्था पनि उनैले गरिदिएका छन्। पंकजले भने, ‘भाइको व्यवसायिक खेलाडी बन्ने सपना अल्पायुमै पूर्ण विराम लाग्यो। तर जात, धर्म केही पनि नहेरिने र एकताको प्रतिकको खेल क्षेत्रमा मेरो सक्दो सहयोग रहन्छ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’