बेडरुममा को हुन्छन् ती सिक्रेट फोटोग्राफर?

बेडरुममा को हुन्छन् ती सिक्रेट फोटोग्राफर?
+
-

कुनै समय यस्तो थियो कि आफूले मन पराउने कलाकारहरुको एक झलक पाउनका लागि लामो लाइन लाग्नुपर्थ्यो । मानिसहरु कलाकारको घरबाहिर घण्टौँ प्रतिक्षारत हुन्थे ।

पहिले थुप्रै कलाकारहरुले भन्ने गर्थे कि उनीहरुलाई प्राइवेसी चाहियो तर अहिले त सामाजिक सञ्जालमा उनीहरु आफ्नो प्राइभेट तस्बिर पनि शेयर गर्न थालेका छन् ।अब कलाकारहरु आफ्नो जीन्दगीको झलक स्वयं आफै देखाउन थालेका छन् र मानिसहरु मजाक गर्न समेत पछि पर्दैनन् ।

चाहे तस्बिर विवाहको होस् अथवा कार्यस्थलको, अभिनेता या अभिनेत्री आफै भन्ने गरेका हुन्छन् कि उनीहरु कहाँ के गरिरहेका छन्, कहाँ छुट्टी मनाइरहेका छन् अनि कोसँग छन् ।

बेडरुममा फोटोग्राफर?


प्रियंका चोपडा र निकले केही समयअघि मात्रै धुमधामका साथ विवाह गरे । उनीहरुको तस्बिर सामाजिक सञ्जालमा प्राय देख्न पाइन्छ।

हालै प्रियंकाले आफ्ना श्रीमानसँग बेडरुममा खिचिएको एक तस्बिर शेयर गरेकी छन् । जसमा निकले एक हातमा ड्रिंकको केन समातेका छन् र प्रियंका निकको काधको सहारामा सुतिरहेकी छन्।

तस्बिरको क्याप्सनमा लेखिएको छ ‘होम’ । तस्बिर भाइरल भएसँगै ट्विटरमा मानिसहरुले मजाक उडाउन सुरु गरेका छन् । उनीहरुले भनेका छन् आखिर को हुन ती सिक्रेट फोटोग्राफर?

 

फ्रेण्डजोन नै गर्नु थियो भने विवाह किन गरेको?


अनुष्का र विराट ले २०१७ मा विवाह गरेका थिए । दुवै न्यूजील्याण्डमा एकसाथ बिदा मनाउन गए । तस्बिरहरु सामाजिक सञ्जालमा शेयर पनि गरे।

अनुष्काले पति विराटसँगको एउटा तस्बिर शेयर गरिन् जसमा दुवैजना कुनै जंगलमा देखिन्थे । अनुष्काले यो तस्बिरको क्याप्सनमा लेखिन्, ‘बेष्ट फ्रेण्ड फारेएवर’।
मानिसहरुले यसमा प्रतिक्रिया दिँदै भने कि फ्रेण्डजोन नै गर्नु थियो भने विवाह किन गरेको?

कुनै जमाना थियो जब मानिसहरुलाई कलाकारहरुको जीन्दगीका बारेमा जान्न मन लाग्यो भने उनीहरुले फिल्मी पत्रिका किन्नु पर्थ्यो । तर आज त्यस्तो समय छैन । कलाकारहरु आफै सामाजिक सञ्जालमार्फत मानिसहरुसँग जोडिएका छन्।

अहिले यहि सामाजिक सञ्जाल मार्फत मानिसहरु आफ्ना कलाकारको तारिफ पनि गर्छन्, आलोचना पनि गर्छन् अनि ट्रोल पनि गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?