म्यानचेस्टर सिटी पुग्यो फाइनलमा, डी ब्राउन बने नायक

म्यानचेस्टर सिटी पुग्यो फाइनलमा, डी ब्राउन बने नायक
+
-

म्यानचेस्टर सिटी लिग (काराबारओ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टर सिटीपेप गार्डिवलाको टिम सिटी सेमिफाइनलको दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा ब्रिस्टोल सिटीलाई ३–२ ले हराएर समग्रमा ५–३ को जितसहित लिग कपको फाइनलमा पुगेको हो । पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो ।

म्यानचेस्टर सिटीमंगलबार राति अवे मैदानमा भएको खेलमा ४३ औँ मिनेटमा लिरोय सानेको गोलबाट म्यानचेस्टर सिटीले पहिलो हाफमा १–० को अग्रता लियो ।

म्यानचेस्टर सिटीदोस्रो हाफको चौथो मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । मार्लोन प्याकले ६४ औँ मिनेटमा हेडमार्फत ब्रिस्टोलका लागि सुन्दर गोल गरे ।

म्यानचेस्टर सिटीइन्जुरी समयको चौथो मिनेटमा ब्रिस्टोलका एडिन फ्लिन्टले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर इन्जुरी समयको छैटौँ मिनेटमा क्लबसँग नयाँ सम्झौता गरेको केविन डी ब्राउनले गोल गर्दै म्यानचेस्टर सिटीलाई ३–२ को जित दिलाए ।

म्यानचेस्टर सिटीबराबरी भएको भए पनि पहिलो लेग जितेकाले गार्डिवलाकोा टिम सिटी फाइनल पुग्ने थियो । तर डी ब्राउनको गोलले दोस्रो लेगमा पनि जित निकाल्न सिटी सफल भयो ।

म्यानचेस्टर सिटीम्यानचेस्टर सिटी प्रशिक्षक गार्डिवलाको नेतृत्वमा कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । फाइनल खेल आउँदो फेब्रुअरी २५ मा वेम्बलीमा हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?