
देश सञ्चार
माघ १०, २०७४
अ
+
अ
अ
-
भक्तपुर – भक्तपुरको मध्यपुर थिमि–५ राधेराधे चोकमा मंगलबार बेलुका भएको आगलागीबाट १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय नवराज कसपालको चारतल्ले घरको भूइँतलामा सिन्धुलीका प्रेमबहादुर बस्यालले सञ्चालन गरेको साथीभाई खाजा घरमा विद्युत सर्टभई आगलागी भएको हो ।
नेपाल प्रहरी, जुद्ध वारुणयन्त्र र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । रासस

