
देश सञ्चार
माघ १०, २०७४
अ
+
अ
अ
-
दाङ – लमहीमा रहेको एक होटलमा व्यक्तिको शव भेटिएको छ ।
एक महिला सहित बुधबार बेलुका कोठा बुक गरेर बसेका व्यक्ति बाहिर ननिस्किएपछि कोठामा हेर्न जाँदा अचेत अवस्थामा भेटिएका व्यक्ति साबिक शान्तिनगर गाविस वडा नं. ५ का ४५ वर्षे विष्णुकुमार डाँगी रहेको पुष्टि भएको छ ।
उनलाई तत्काल अस्पताल लगिए पनि डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बुधबार बेलुका डाँगीसँग आएकी महिला केही बेर बसेर गएकी थिइन् ।
प्रहरीले अनुसन्धानका लागि होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

