काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ बाट जितेन्द्र नारायण देवलाई खुल्ला तर्फको उम्मेदवार बनाउने भएको छ ।
विजय गच्छदारसँगै कांग्रेसमा प्रवेश गरेका देव अहिले सँस्कृति मन्त्री छन्। यस्तै महिला तर्फ मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ ।
प्रदेश नम्बर तीनमा राधेश्याम अधिकारी खुला तर्फ तथा महिला तर्फ धना खतिवडा उम्मेदवार बन्ने भएका छन्।
यस्तै प्रदेश नम्बर एकबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रमेशजंग रायमाजी, महिला तर्फ सरिता प्रसाईलाई उम्मेदवार बनाउने भएको छ । यस्तै प्रदेश नम्बर एकमा दलित तर्फ कांग्रेसका मीन विश्वकर्मा उम्मेदवार बनेका छन्।