
अफगानिस्तानको जलालाबादमा रहेको अन्तर्राष्ट्रिय सहयोग संस्था सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण भएको छ । अहिले पनि त्यहाँ बन्दुकधारीले आक्रमण गरिरहेको बिबिसीले जनाएको छ ।
आक्रमणमा परि अहिलेसम्म कम्तिमा ११ जना घाइते भएका छन् । जलालाबादमा रहेको सेभ द चिल्ड्रेनको कम्पाउण्डमा विस्फोट भएको हो ।
विस्फोट भएको क्षेत्र नजिकै विद्यालय पनि रहेको र त्यहाँबाट बालबालिका भाग्दै गरेको देखिएको तथा गोली चलेको आवाज पनि सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । तर जालालाबादमा बिद्रोही समूह तालिबानले आक्रमण गर्ने गरेको छ ।