गण्डकी मेडिकल कलेजका आन्दोलित विद्यार्थीले थाले रिले अनशन

गण्डकी मेडिकल कलेजका आन्दोलित विद्यार्थीले थाले रिले अनशन
+
-

पोखरा – बिना शीर्षकमा अवैधानिक रुपमा शिक्षण शुल्क असुलेको भन्दै आन्दोलित विद्यार्थीले आज आइतबारदेखि गण्डकी मेडिकल कलेजको शिक्षण अस्पताल प्राङ्गणमा रिले अनसन थालेका छन्। गएको माघ १७ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले नियामक प्रशासनले समेत बढि शुल्क लिने कलेजलाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै रिले अनसन बस्न बाध्य भएको बताए।

‘यत्तिका दिनसम्म विद्यार्थीले उठाएका जायज मागलाई कलेज प्रशासनले कुनै चासो दिएको छैन्,’ विद्यार्थी प्रविन गौतमले भने, ‘कलेजले सबै फ्याकल्टीका विद्यार्थीबाट नेपाल सरकारले तोकेको शुल्क भन्दा बढि रकम लिएको प्रमाण सहित जिल्ला प्रशासनमा पेश गर्यौ तर समाधानको बाटो प्रशासनले पनि देखाउन सकेन। अनधिकृत बढि शुल्क नलिउँ। बढी उठाएको शुल्क फिर्ता गर भन्ने हाम्रो माग हो तर सुनुवाई भएको छैन्।’

नेपाल सरकारले निर्धारण गरेको शिक्षण शुल्क भन्दा बढि मेडिकल शिक्षा अन्तर्गतका पढाई हुने कार्यक्रममा हरेकजसो विद्यार्थीबाट वार्षिक ७५ हजार देखि १ लाख ५० हजारसम्म असुल्ने गरेको प्रमाण सहित एकहप्ता अगावै जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सामाजिक सुरक्षा मन्त्रालयमा विद्यार्थीले उजुरी दिएका थिए। प्रमाण सहित उजुरी दिँदा समेत नियामक भनिएका प्रशासनबाट पनि कुनै किसिमको कारवाही हुन नसक्दा रिले अनसन बस्नु परेको विद्यार्थी बताउँछन्।

एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, ब्याचलर इन फार्मेसी, बिएस्सी एमएलटिका विद्यार्थी आन्दोलनमा उत्रदा १० दिनदेखि पठनपाठन ठप्प छ। विद्यार्थीले आफ्ना मागलाई वेवास्ता गरेको भन्दै गएको २२ गतेदेखि कलेजले सञ्चालन गरिरहेको शिक्षण अस्पतालको बहिरंग सेवा(ओपिडी)मा समेत तालाबन्दी गरेका छन्।

गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग बढि शुल्क लिएको विषयमा त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन शास्त्र डीनको कार्यालय, महाराजगंजले चासो देखाउँदै बढि शुल्क नलिन ध्यानाकर्षण गराएको भएपनि कलेज प्रशासन सो मान्न तयार देखिँदैन।

गएको माघ २२ गते कलेजलाई विद्यार्थीबाट कलेजले बढि शुल्क लिएको भन्ने विषयमा यथार्थ विवरण माग गर्दै यथास्रिघ पठनपाठन सुचारु अनुरोध गर्दै सहायक डीन (परिक्षा तथा शैक्षिक) प्राडा. राजेन्द्रप्रसाद शर्मा गुरागाईले पत्र काटेका थिए। ‘शुल्क सम्बन्धमा नेपाल सरकार तथा त्रिविबाट स्वीकृत शिक्षण शुल्कको अधिनमा रही विद्यार्थीबाट शुल्क लिने व्यवस्था गर्न,’ पत्रमा भनिएको छ।

विद्यार्थीको मागका सम्बन्धमा कलेज प्रशासनका कुनैपनि व्यक्ति सम्पर्कमा आउन चाहेका छैनन्।

सरकारले निर्धारण गरेको शुल्क
नेपाल सरकार शिक्षा मन्त्रालयले २०७२ भदौ ३१ को मन्त्रीपरिषद बैठकको निर्णयानुसार एमबिबिएस तर्फ अध्ययन गर्ने विद्यार्थीका लागि काठमाडौं उपत्यका बाहिर र भित्र छुट्टाछ्ट्टै शिक्षण शुल्क तोकेको छ।

त्रिभुवन विश्विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले गरेको परिपत्र अनुसार शैक्षिक सत्र २०७३÷०७४ को शुल्क काठमाडौं उपत्यका भित्र ३५ लाख र बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार निर्धारण गरेको छ। विद्यार्थीले सो शुल्क भर्ना हुनेबेलामा ५० प्रतिशत, दोस्रो किस्ता २५ प्रतिशत तेस्रो वर्षमा र तेस्रो किस्ता २५ प्रतिशत चौथों वर्षमा बुझाउनुपर्ने नियम छ।

त्यस्तै, शैक्षिक सत्र २०७५÷०७६ का लागि काठमाडौं उपत्यका भित्र एमबिबिएस पढ्ने विद्यार्थीले ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजमा ४२ लाख ४५ हजार रुपैयाँ शिक्षण शुल्क निर्धारण गरिएको छ। सोही शैक्षिक सत्रमा भर्ना भएर अध्ययन थालेका विद्यार्थीबाट ५५ लाखसम्म कलेजले असुल्न लागेको पीडित विद्यार्थीहरुले जनाएका छन्।

त्रिविले शैक्षिक सत्र सुरु भएसँगै मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन लिएका कलेजहरुलाई निर्धारण गरेको शुल्कका सम्बन्धमा जानकारी गराउँदै आएको भएपनि गण्डकी मेडिकल कलेजले सो नियमलाई वेवास्ता गरेको देखिएको हो।

सरकारले तोकेको शुल्कमा त्रिवि रजिष्टे«न, इन्ष्टिच्युट अफ मेडिकल, नेपाल मेडिकल काउन्सिलमा विद्यार्थी दर्ता शुल्क एकमुष्ठ समावेश गरिएको हुन्छ। कलेजले सरकारले निर्धारण गरेको शुल्क सम्बन्धी नियमलाई लत्याउँदै सोही शीर्षकमा सादा काजगमा हस्ताक्षर गरेर असुल्ने गरेको विद्यार्थीले प्रमाण सहित प्रशासनमा पेश गरेका छन्। कलेजले शुल्क तोक्ने मामलामा विद्यार्थी हेरेर व्यवहार गरेको विद्यार्थीहरुको गुनासो छ।

सरकारले तोकेको शुल्क भन्दा बढी लिन नपाइने, बढि लिएको रकम फिर्ता गर्नुपर्ने, बुझाइएको रकमको अनिवार्य रसिद भौचर दिनुपर्ने जस्ता माग राखेर अनिश्चतकालीन समयसम्मका लागि कलेज प्रशासन र अस्पतालको ओपिडी सेवामा तालाबन्दी गरेका आन्दोलित विद्यार्थीहरु आजदेखि रिले अनसन थालेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?