म्यानपावर कम्पनीलाई तीन तहमा वर्गीकरण

म्यानपावर कम्पनीको धरौटी फेरि परिमार्जन, दुई करोडदेखि ६ करोडसम्म कायम

म्यानपावर कम्पनीको धरौटी फेरि परिमार्जन, दुई करोडदेखि ६ करोडसम्म कायम
+
-

काठमाडौं-म्यानपावर कम्पनीको धरौटी फेरि परिमार्जन गरिएको छ । यसअघि सरकारले ५ हजारभन्दा बढी पठाउनेको छ करोड र त्यो भन्दा कम पठाउनेलाई ३ करोड धरौटी राख्नु पर्ने भन्दै संसदमा विधेयक दर्ता गरेको थियो। सोमबार बसेको कानून समितिको बैठकले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम परिवर्तन गरेर पेश गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र डेढ करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र तीन करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको हो ।

यस्तै वार्षिक एक सय जना पनि कानमदार नपठाउने म्यानपावर कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि एक सय जना कामदार पठाउन नसके म्यानपावर खारेज गर्ने व्यवस्था पनि गर्ने निर्णय गरेको छ।

एका घरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्‍चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि कानून समितिले गरेको छ।

समितिले यो विधेयक मंगलबार बस्‍ने संसदमा पेश गर्ने पनि निर्णय गरेको छ । यसअघि सबै म्यानपावर कम्पनीको धरौटी सात लाख रुपैयाँ नगद र २३ लाख बराबरकाे बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?