
पोखरा – लेकसाइडमा एक बालकको घाँटी रेटेर हत्या भएको छ । १४ वर्षीय सचिन सिञ्जालीको घाँटी रेटेर हत्या भएको हो ।
लेकसाइडस्थित निर्माणाधीन एक घरमा सचिन सिञ्जालीको घाँटी रेटेर हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको हो ।
पाल्पा जिल्ला घर भई लेकसाइडमा परिवारसगँ बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको डिएसपी कार्कीले जानकारी दिए । ‘घटनास्थल सुरक्षित राखेर घटनाको छानबिन गरिरहेका छौँ’ उनले भने ।