लगातार तीन बराबरी, आज चेल्सी की आर्सनल

लगातार तीन बराबरी, आज चेल्सी की आर्सनल
+
-

लन्डन– इङ्लिस लिग कप फुटबलको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बुधबार राती आर्सनल र चेल्सी भिड्दैछन्। चेल्सीको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। यसअघि ब्रिस्टोल सिटीलाई पराजित गर्दै म्यानचेस्टर सिटी फाइनल पुगिसकेको छ।

चेल्सी र आर्सनलबिच भएका पछिल्ला तीन खेलको नतिजा बराबरीमा सकिएका छन् जसमा प्रिमियर लिगका दुई खेल पनि समावेश छन्। यी दुई टोलीबीच जित हारको नतिजा निस्किएको पछिल्लो खेल गत वर्ष भएको एफए कम्युनिटी सिल्डको फाइनल थियो ।

उक्त खेलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो। आजको खेलमा गोलरहित बाहेकको अन्य बराबरी नतिजामा चेल्सी फाइनल पुग्ने छ, अवे गोल आधारमा। जारी घरेलु लिगमा चेल्सी तेस्रो र आर्सनल छैटौं स्थानमा छ।

आर्सनलले सबै प्रतियोगितामा गरी पछिल्ला ६ खेलमा केवल एक जितको नतिजा निकालेको छ भने तीन बराबरी र दुई हार समावेश छन्।

घरेलु लिगमा चार दिन अघि क्रिस्टल प्यालेसलाई ४–१ गोलले हराउँदै आर्सनलले लगातार पाँच खेलको जितबिहिन यात्रा तोडेको थियो। यता चेल्सीले भने सबै प्रतियोगितामा गरी १२ खेलयता हार ब्यहोरेको छैन। यसबीचमा उसले सात जित र पाँच बराबरीको नतिजा निकालेको छ।

बुधबार राती हुने खेलमा चोटका कारण आर्सनलका ओलिभर गिरोड र डेनी वेलब्याक तथा चेल्सीका गोलरक्षक थिबट कुर्तोइससहित गेरी काहिल, अल्भारो मोराटा र ड्यानियल ड्रिंकवाटर उपलब्ध हुने छैनन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’