दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा

+
-

क्राइस्टचर्च– दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै दुई पटकको विजेता पाकिस्तान न्युजिल्यान्डमा जारी आईसिसी यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ। पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो।

दक्षिण अफ्रिकाको पालीमा विकेटकिपर वान्डाइल माकवेतुले सर्वाधिक ६० रन बनाए। पाकिस्तानका बलर मोहमद मुसाले तीन र साहिन शाह अफ्रिदीले दुई विकेट हात पारे। पाकिस्तानले ४७.५ ओभरमा सात विकेट गुमाएर लक्ष पुरा गर्‍याे।

पाकिस्तानका अली जार्यब आसिफले ७४ रन बनाए। पाकिस्तानले सन् २००४ र २००६ को संस्करणमा विजेता बनेको थियो भने सन् १९८८, २०१० र २०१४ को संस्करण फाइनलसम्म पुगेको थियो।

दक्षिण अफ्रिकाले सन् २०१४ को संस्करणको फाइनलमा पाकिस्तानलाई ६ विकेटले हराएर विजेता बनेको थियो। प्रतियोगिताको साविक विजेता वेस्ट इन्डिज हो। उसले फाइनलमा भारतलाई पाँच विकेटले हराएको थियो। यो प्रतियोगिता भारत र अस्ट्रेलियाले सर्वाधिक तीन तीन पटक जितेका छन्।

अस्ट्रेलिया पनि यसपटक सेमिफाइनल पुगिसकेको छ। अन्य क्वार्टरफाइनलमा न्युजिल्यान्ड र अफगानिस्तान तथा भारत र बंगलादेश भिड्नेछन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’