प्रदेश २ मा ९ जनाको उम्मेदवारी दर्ता

प्रदेश २ मा ९ जनाको उम्मेदवारी दर्ता
+
-

जनकपुर – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर २ मा ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

बिहान १० बजेदेखि मनोनयन दर्ताको लागि समय तोकिएपनि उम्मेदवारहरुले दिउँसो १ बजे पछाडी मात्रै मनोनयन दर्ता गराउन पुगेका थिए।

राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले अल्पसंख्यकबाट, संघीय समाजवादी फोरम नेपालका रामप्रित पासवान दलितबाट उम्मेदवारी दिएका छन्।

महिला उम्मेदवारहरुमा नेपाली कांग्रेसकी मुक्ता यादव, माओवादी केन्द्रकी शशिकला दाहाल र संघिय समाजवादी फोरमकी प्रमिला यादवले उम्मेदवारी दिएका छन्।

त्यस्तै खुल्ला सदस्यका लागि राष्ट्रिय जनता पार्टी नेपालबाट रमेश प्रसाद यादव, नेपाली कांग्रेसका जितेन्द्र नारायण देव, नेकपा एमालेका सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसैनले मनोनयन दर्ता गरेका छन्।

मनोनयन दर्ता गराउनु पुगेका  राजपाका बरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लालले आफ्नो उम्मेदवारी संघीयता संरक्षणका लागि परेको बताएका छन् भने दिउँसो २ बजेतिर मनोनयन स्थल पुगेका जितेन्द्र नारायण देवले मुलुको आर्थिक विकासका लागि आफ्नो उम्मेदवारी परेको प्रतिक्रिया दिएका छन् ।

दलित र अल्पसंख्यकमा ११ जनाले मात्र उम्मेदवारी दिएपछि निर्विरोध भएका छन्। त्यसैगरी महिला कोटामा समेत ३ जनाले मात्रै मनोनयन दर्ता गराएपछि महिला उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको मूख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाले जनाएको छ।

यद्यपि उनीहरु निर्वाचित भईसकेको घोषणा निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेपछि मात्रै गरिने प्रदेश नम्बर २ का मुख्य निर्वाचन राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन् ।

८ जना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश नम्बर २मा ३ सय ७९ जना मतदाता रहेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’