
काठमाडौं- मन्त्रिपरिषद्को आकस्मिक बैठकले ६५ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने निर्णय गरेको छ।
यसअघि वृद्धभत्ता पाउन ७० वर्ष पुगेको हुनु पर्ने व्यवस्था थियो। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहन बस्नेतले ‘ वृद्ध भत्ता ६५ वर्षमै दिने निर्णय गरिएको जानकारी दिए।’
२०५१ सालमा पहिलो पटक नेपालमा वृद्ध भत्ताको अवधारणा सहित भत्ता दिने घोषणा भएको थियो। त्यसयताका सरकारले यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।
यस्तै मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडित र बाढी पीडितहरु थप एक लाख रुपैँया राहत दिने निर्णय गरेको छ।’
यसअघि भूकम्प पीडितलाई ३ लाख दिने निर्णय भइसकेकाे छ । अब पिडितहरुले ४ लाख पाउने छन् ।
यस्तै नेपाली सेनाका विनयविक्रम राणासँगै ४ जना महासेनानीलाई पदोन्नति गरी बढुवा तथा पदस्थापन गर्ने र सहायक रथी नरजित शमशेर राणासहित ११ जना सहायक रथीहरुलाई सरुवा गर्ने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए ।
यस्तै, बैठकले गुल्मी जिल्लामा ३५ हजार ८ सय ४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचारहरु…