
के तपाई घरको लागि आर्कषक र बजेट अनुसारका ढोका र काठबाट बनेका फनिर्चरको खोजीमा हुनुहन्छ? यदि हुनुहुन्छ भने प्रर्दशनीमार्गस्थित भृकृटीमण्डपमा नेपाल उड .इन्टरनेशनल एक्सपो उपयुक्त गन्तव्य हुनसक्छ। जहाँ शुक्रबारदेखि सुरु भएको उड इन्टरनेशनल एक्सपोमा घर, होटल र अफिसलाई सजाउने काठका फनिर्चर सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन्।
एक्सपोमा बोड कटिङ मेसिन, फनिर्चर डिजाइन मेसिन र उड मेकिङ मेसिन पनि प्रर्दशनीमा रहेको कार्यक्रम आयोजक श्रीजल भट्राईले बताए। उनी भन्छन्‘ यस एक्सपोमा नेपाल, भारत, चाइना युके लगाएत १० देशको सहभागिता रहेको छ भने १ सय २० स्टलहरु रहेका छन्।’
नेपालमा पनि आधुनिक र सबैका लागि पायक पर्ने फनिर्चर उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।आँपको काठ प्रयोग गरेर नेपालमा नै बनेको गुणस्तरीय ढोका सबै वर्गका मानिसले खरिद गर्न सक्ने सो प्रदर्शनीमा फनिर्चर व्यापारी जतिन बन्धाले बताए। उनले भने, ‘यो सबै भन्दा सस्तो, गुणस्तरीय र वाटर प्रुर्फ छ, हामीले सबै वर्गलाई मध्यनजर गरेर बनाएका छौ। ढोकाको मुल्य ४ हजार ५ सयसम्म पर्छ।’
भारतबाट प्रर्दशनीमा सहभागी भएका अर्का व्यापारी अन्जनी चौधरी भन्छन् ‘फोरमाइका लेमिनेटस नाम रहेको काठबाट बनेका फनिर्चरहरु सबै वर्गले किन्न सक्छन्। नेपालमा उत्पादन नहुने तर भारतको हरियानामा मात्र उत्पादन हुने फनिर्चरको मुल्य ८ सय देखि सुरु छ।’
घर, होटल र अफिसहरुका भित्ताहरुलाई सजाउन चाइनाबाट भित्र्याएका वाल प्यानलसहरु पनि प्रर्दशनीमा राखिएका छन्। एक्सपोका अर्का व्यापारी प्रविन श्रेष्ठ भन्छन्‘ हामीले यी सबै वाल प्यानलहरु भारत र चाइनाबाट कलेक्सन गरेका हौं भने काठका फनिर्चरहरु इन्डोनेसियाबाट आयात गरेका छौं। उनले भने नेपालमा पनि प्रचुर स्रोत र सम्भावना छ तर दक्ष जनशक्ति नभएका कारण बाहिरबाट ल्याउनुपर्छ। हफ्नो देशमा भएको स्रोत र साधनको सदुपयोग हुन सकेको छैन।’
विशेषगरी घर, होटल र अफिस भित्र सजायनका लागि चाहिने सामाग्रीहरु मेला हेर्नेको भीड देखिन्थ्यो। काठलाई प्रशोधन गरेर कसरी सामाग्री उत्पादन गरिन्छ त्यो पनि देखाइएको छ भने ती मेसिन समेत प्रदर्शनीमा राखिएका छन्।
फागुन ३ गते देखि सुरु भएको एक्सपोको उद्घाटन वन तथा वातावरण मन्त्रीले गरेका छन्