चक्रे मिलनले अदालतबाट पाए सफाइ

+
-

काठमाडौं – विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले बुधबार गुरुङलाई सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।

अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित पाँच गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गरी २०७० साल जेठ ५ गते सात करोड दुई लाखभन्दा बढी रकमको विगो राखी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गुरुङसहित दीपक मनाङे (राजीव गुरुङ), गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो । मनाङेले भने सम्पत्ति शुद्धीकरणमा यसअघि नै सफाइ पाइसकेका छन् । रासस

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?