
धनगढी- फोर्स मोटर्सका चार नयाँ ब्रान्डका गाडीहरु प्रदेश नम्वर ७ को बजारमा आएका छन्। जर्मनी प्रविधिको मर्सिडिज बेन्चको इन्जिज भएको फोर्स मोटर्सका चार ब्रान्ड धनगढीमा लन्च गरिएको हो।
धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले नयाँ ब्रान्डका गाडीको एक समारोहबीच उद्घाटन गरे।
प्रदेश नम्वर ७ का लागि फोर्स मोटर्सको आधिकारिक डिलर असिम सिंह इन्टरप्राइज मार्फत ट्राभल्लर एसी बस, स्कुल बस, ट्राभल्लर रोयल र ट्रयाक्स डिलक्स ब्रान्डका गाडीहरु यस क्षेत्रको बजारमा बिक्री वितरणका लागि खुला गरिएको चेयरम्यान धर्मेन्द्र सिंहले जानकारी दिए।
नयाँ ब्रान्ड लन्च कार्यक्रममा फोर्स मोटर्स भारतका मार्केटिङ म्यानेजर सुनिल संख, नेपालका लागि आधिकारिक डिलर सिद्धार्थ विश्वज्योति मल्टीप्रपोजका अध्यक्ष दिनेशमान अमात्य, सोही कम्पनीका प्रवन्ध निर्देशक प्रवीन भारीलगायत सहभागी थिए।