
भारत प्रशासित जम्मु–कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारतीय सुरक्षाकर्मीले त्यस क्षेत्रमा चरमपन्थीविरुद्ध कारवाही अभियान चलाएको छ। योसँगै प्रशासनले जम्मूको अधिकांश ठाउँमा शुक्रबारदेखि नै कर्फ्यू जारी गरेको छ।
कर्फ्यू लगाएपछि त्यहाँका मुसलमानहरुको उत्पीडन र सम्पत्तिको नोक्सान भएको घटनाहरु सार्वजनिक हुन थालेका छन्। शनिबार पाकिस्तानविरुद्ध सुरक्षाकर्मीहरुको विरोध र फायरिङ जारी रह्यो। पाकिस्तानविरुद्ध कारबाहीमा लिएर भाजपा तथा पेथर्स पार्टीका नेताहरु सहभागी थिए। पेन्थर्स पार्टीका नेता हर्षदेव सिंहले भनेका छन्, ‘प्रत्येक पटक वाचा गरिन्छ कि पाकिस्तानविरुद्ध लड्नेछौँ। तर केही पनि हुँदैन। अब हामी चुप लागेर बस्नेवाला छैनौ।’
उनले काश्मीरका अधिकांश मानिसहरु गोलाबारीका कारण त्रस्त देखिएकाले जोगाउनुपर्ने बताएका छन्। यता, जम्मुका साथै पञ्जाब, हरियाणा, छत्तिसगढ तथा अन्य राज्यमा अध्ययन गरिरहेका काश्मीरी छात्रहरुमाथि काश्मीर फर्किन दबाब दिन थालिएको आरोप उनीहरुले लगाएका छन्।

जम्मूका नागरिकसँग सोधपछ गर्दै सेना।
यो घटनालाई लिएर काश्मीरमा समेत विरोध प्रदर्शन भइरहेको छ। शनिबार दिउँसो लाल चोकमा युवाहरुले केन्द्र सरकारविरुद्ध प्रदर्शन गरिरहे। व्यापारीले दिउँसो तीन बजेदेखि नै विरोध प्रदर्शनको रुपमा आफ्नो काम बन्द गरेका थिए। उनीहरुले जम्मू तथा अन्य राज्यमा रहेका काश्मिरीहरुलाई सुरक्षाको सुनिश्चितता गर्न केन्द्र सरकारसँग माग गरेका छन्।
ट्रेडर्स फेडरेशन लाल चौकका अध्यक्ष बसीर अहमदले भनेका छन्, ‘जम्मूको उद्योग काश्मीरको बजारमा निर्भर छ। यदि कश्मिरीहरुको उत्पीडनको सिलसिला यसरी नै कायमै रहे हामी जम्मूलाई त्याग्छौँ।’
यस्तै यस मुद्दामा राजनीतिक वर्गमा समेत काश्मिरी पीडितको लागि आवाज उठ्न थालेको छ। जम्मू काश्मीको पूर्व मूख्यमन्त्री महबुबा मुफ्तीले सद्भाव र समवेदनाको त कुरा नभइ जम्मूलाई कश्मीरसँग जुधाउने जालसाजी रचिएको बताए। यस्तै पूर्व मूख्यमन्त्री उमर अब्दुल्लाले पनि काश्मीरीमाथि आइलागेको दु:खविरुद्ध विरोध जनाएका छन्।
दुवै मूख्यमन्त्रीले केन्द्र सरकारले काश्मीरीको सुरक्षा प्रबन्ध मिलाउन जोडदार माग गरेका छन्।यस्तै विधानसभाका पूर्व सदस्य इन्जिनियर रसीदका अनुसार पलुवामा भएको आक्रमण साम्प्रादायिक रङ्ग भएको बताएका छन्।
उनले भनेका छन्, ‘यो घटना हुनु निक्कै अपसोचको विषय हो। हामीलाई मात्रै थाहा छ की युवाको पलायनले हामीमा कस्तो अप्ठ्यारो हुन्छ। तर जम्मूको मानिसहरु सीआरपीएफ जवानको चिन्ता लिएर भ्रम पैदा गरिरहेको छ। यदि त्यस्तै चिन्ता भए मारिएको जवान राजौरीको एक जवान नसीर अहमदको घर गएर समवेदना प्रकट गरे हुन्छ।’