नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने प्रदेश सरकारको तयारी

नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने प्रदेश सरकारको तयारी
+
-

पोखरा- नवलपुर जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय स्थापना गरिने भएको छ।

जिल्लामा कार्यालय नहुँदा दर्ता, नविकरण, नियमनका काम प्रभावित भएको भन्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत कार्यालय स्थापना हुने भएको हो । कार्यालय स्थापना/सञ्चालनका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गण्डकी प्रदेश सरकारले स्वयं गर्ने निर्णय भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी कार्यालय स्थापना गर्न लागेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

गत असोज ३ गतेको मन्त्रिपरिषद बैठकले नवलपुरमा घरेलु उद्योग कार्यालय खोल्न संघीय सरकारलाई अनुरोध लेखी पठाएपनि हालसम्म प्रतिक्रिया नआएपछि प्रदेश आफैंले तदारुकता देखाएको हो।

मन्त्रिपरिषद बैठकले भित्रिने नाकाहरु स्याङ्जाको मालुङ्गा र तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला खोल्ने निर्णय गरेको छ । तरकारी, फलफूल र पशुपन्छी लगायत खाद्यजन्य सागम्रीको आवश्यक चेकजाँच पछि मात्रै प्रदेशमा प्रवेश दिइने मन्त्री बस्नेतले जानकारी दिए।

संघीय सरकार मार्फत प्रदेश सामाजिक सुरक्षा मन्त्रालयमा भुलचुक भई आएको ५ करोड ९६ लाख रुपैयाँ स्थानान्तरण गर्न बैठकले सहमति दिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा आएको सो रकम सामाजिक सुरक्षा मन्त्रालयका नाउँमा परेको थियो।

प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ८ शीर्षकमा खर्च गर्ने गरी संघीय सरकारले सो रकम उपलब्ध गराएको कानुन सचिव दलबहादुर अधिकारीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?