धनगढी- दिपक बिष्ट जस्ता किर्तिमानी तेक्वान्दो खेलाडी जन्माएको प्रदेश नम्बर ७ मा बल्ल आएर तेक्वान्दो संघको समिति गठन गरिएको छ।
युवा उद्यमी प्रदीप थापाको अध्यक्षतामा २७ सदस्यीय नेपाल तेक्वान्दो संघको प्रदेश नम्वर ७ स्तरीय समिति बिहीबार गठन गरिएको हो।
समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल सहित केशव भट्ट, शक्ति पन्त, सुनिल थापा र थर्कबहादुर शाह रहेका छन्।
महासचिवमा कटक सिंह, सचिवमा मोहन प्रताप गुरुङ, कोषाध्यक्षमा नवीन जोशी र सह कोषाध्यक्षमा दिपेन्द्र कुँवर छनोट भएका छन्।
समितीमा अन्य सदस्य रहेका छन्। समितिले तेक्वान्दोको विकासका लागि गतिविधि बढाउदै प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
पछिल्लो समय सुस्ताएको तेक्वान्दोलाई उकास्न समिति गठन गरिएको उनिहरुले बताएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































