
काठमाडौँ – ललितपुरको नख्खुमा शुक्रबार बेलुका भएको बम बिस्फोटमा मृत्यु भएका सिंहप्रसाद गुरुङको शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
शुक्रबार बेलुका नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि बम बिस्फोटमा परि गम्भीर घाइते भएका गुरुङको राति उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको शव पोष्टमार्टमका लागि मेडिसिटी अस्पतालबाट पाटन अस्पताल लगिएको हो ।
गृहमन्त्री रामबहादुर थापाले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइते भएका दुईजनाको उपचार सरकारले गर्ने बताएका छन् । मन्त्री थापा अस्पताल गएर यस्तो बताएका हुन् ।