फागुन २४ देखि अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता

फागुन २४ देखि अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता
+
-

पोखरा– स्थानीय तह स्थापना दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा ‘प्रथम अध्यक्ष कप २०७५ खुल्ला पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ।

नकआउट चरणमा खेलाइने प्रतियोगिता आउँदो फागुन २४ देखि २७ गतेसम्म कास्कीको रुपा गाउँपालिका वडा ६ स्थित भीरचोक खेल मैदानमा आयोजना हुने भएको हो।

गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहबिचको आपसी सम्बन्ध बढाउने हेतुले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

सम्बन्धित स्थानीय तहको सिफारिस अनुसार एक स्थानीय तहबाट एउटा टोली खेलमा सहभागी हुन पाउने छन्। टिम दर्ताको लागि सम्बन्धित प्रदेशका सबै स्थानीय तहलाई खबर पठाइसकेको र आउँदो २० गतेभित्रमा नै टीम दर्ता गरिसक्नुपर्ने अध्यक्ष ओझाले जानकारी दिए।

खेलमा प्रथम हुने टीमले नगद १ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्। दोस्रो पुरस्कार नगद ७० हजार रुपैयाँ, तेस्रो पुरस्कार नगद ४० हजार रुपैयाँ र सान्त्वना पुरस्कार नगद २० हजार रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै खेलमा विधाअनुसार बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्लेयरलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

स्थानीय तह स्थापना दिवसकै अवसरमा गाउँपालिकाले विभिन्न जातजातिका झाँकी प्रदर्शन गराउने भएको छ। उत्कृष्ट झाँकी प्रदर्शन गर्ने टिमलाई समेत नगद पुरस्कार स्वरुप सम्मान गरिने भएको छ। ७ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक १ वडाबाट पहिचानमूलक झाँकी प्रदर्शन गराइने आयोजकले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?